खप्तड गोल्डकप: फाइनल पुग्न मनाङ र शेर्पा भिड्दै

खप्तड गोल्डकप: फाइनल पुग्न मनाङ र शेर्पा भिड्दै


  • 8.2K
    SHARES
    • फाल्गुण २५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    खप्तड गोल्डकप: फाइनल पुग्न मनाङ र शेर्पा भिड्दै

    काठमाडौं, २५ फागुन । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार एक खेल हुँदैछ ।

    images

    धनगढी रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा भिड्ने छन् । मनाङ र शेर्पाबीचको खेल ३ बजेपछि सुरु हुनेछ ।

    आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । त्यसैले यस खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

    मनाङ भारतको दिल्ली फुटबल क्लबलाई दुई एक गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो । हिमालयनले क्वाटरफाइनलमा साविक विजेता तथा सुदुरपश्चिम– ११ लाई दुई एक गोल अन्तरले हराएको थियो । 

    आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

    प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

    सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

    प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # खप्तड गोल्डकप

  • तेस्रो आँखा
    लेखकबाट थप