रुस विश्वकप छनोटबाट निस्काशित

रुस विश्वकप छनोटबाट निस्काशित


  • 6.6K
    SHARES
    • फाल्गुण २५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    रुस विश्वकप छनोटबाट निस्काशित

    काठमाडौं, २५ फागुन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई कतार विश्वकप छनोटबाट निस्काशित गरेको छ ।

    images

    फिफाले मंगलबार रुसलाई छनोटबाट निस्काशित गरिएको पुष्टि गरेको छ ।

    छनोट प्ले अफ सेमिफाइनल अन्तर्गत रुसले पोल्याण्डसँग मार्च २९ मा खेल्ने तालिका रहेको थियो ।

    तर, फिफाले पोल्याण्डलाई बाइ दिदै प्ले अफ फाइनलमा छनोट गरेको छ ।

    अब पोल्याण्डले स्विडेन र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।

    रुसले युक्रेनमाथि आक्रमण गरेपछि फिफाले रुसलाई छनोटबाट हटाएको हो ।

    यस अघि फिफाले रुसलाई अनिश्चितकालका लागि प्रतिबन्ध गरिसकेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप