रोल्पा,१९ पुस । रोल्पामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । जिल्लाको सुनिलस्मृती गाउँपालिका-३ रुईनिवाङ बजारबाट सुनछ्हरी गाउँपालिका-६ फगाम तर्फ जाँदै गरेको बोलेरो डबल क्याप गाडी फगाम स्थित धुम्सी भन्ने स्थानमा ब्रेक फेल भइ दुर्घटनामा परेको रोल्पा प्रहरीले जनाएको छ।
बिहीबार बेलुकी साढे ९ बजेको समयमा सुनछहरी गाउँपालिका ६ धुम्सि बस्ने २९ वर्षीय धनिराम घर्ति मगरले चलाएको लु१ज ४८८९ नम्बरको बोलेरो डबल क्याप गाडी दुर्घटना परेको थियो । गाडी उक्त स्थानबाट करिब ५० मिटर तल खसेको प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा सुनछहरी गाउँपालिका-६ फगाम निवासी बर्ष ५७ की गौरा रोका मगर रहेका छन् । उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पा मृतयु भएको हो । चालक जिल्ला रोल्पा सुनछहरी ६ धुम्सि बस्ने बर्ष २९ को धनिराम घर्ति मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक सुनछहरी गाउँपालिका-६ बस्ने बर्ष ३५ को तिल बहादुर घर्तिलाई शरिरिको भित्री चोट लागेकाले थप उपचारको लागि बुटवलमा उपचार भइरहेको र अवस्था गम्भीर छ ।
त्यसैगरी सुनछहरी गाउँपालिका-७ पोर्वाङ बस्ने बर्ष ४३ को टेक बहादुर बुढा मगरको टाउकोमा चोट र सुनछहरी गाउँपालिका-६ धुम्सि बस्ने बर्ष २५ को प्रेम रोका मगरको टाउकोमा चोट लागेको छ । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भई रहेको छ ।
भरत विश्वकर्मा
