• ट्रेण्डिङ्ग :
इन्धनको मूल्यवृद्धिले निर्माण व्यवसायी मारमा– महासंघ

इन्धनको मूल्यवृद्धिले निर्माण व्यवसायी मारमा– महासंघ


  • 6.4K
    SHARES
    • फाल्गुण २५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    इन्धनको मूल्यवृद्धिले निर्माण व्यवसायी मारमा– महासंघ

    काठमाडौं, २५ फागुन। नेपाल निर्माण व्यवसायी महासंघले इन्धनमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायी मारमा परेको बताएको छ।

    images

    बुधबार नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधरण सभा तथा १२ औं अधिवेशनको जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा इन्धनको मूल्यवृद्धि सँगै निर्माण सामग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायी मारमा परेको जनाएको हो।

    मूल्यवृद्धिको समस्या समाधानको लागि सार्वजनिक खरिद आगमन कार्यालयलाई मूल्यवृद्धि निर्देशिका–२ तत्काल जारी गर्न सरकारसँग महासंघले जोडदार माग गरेको छ। आकाशिदो मूल्यवृद्धि नियन्त्रण र हालै जारी गरीएको बीमा सम्बन्धी निर्देशिका खारेज नभएमा निर्माण व्यवसायीहरु सबै आफ्नो काम बन्द गरी आन्दोलनमा जान बाध्य हुने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले बताएका छन्।

    कोभिड–१९ को कारण नेपालको निर्माण व्यवसायीको लागि काम सोचेजस्तो काम गर्न नसकेको पनि अध्यक्ष सिंहको भनाइ छ। फरक प्रसंगमा अध्यक्ष सिंहले संसद अवरोधको कारण ११ औं नियमावली आउन नसकेको बताए। उनले भने ‘संसदमा भएको अवरोधको कारणले निर्माण व्यवसायीको लागि आवश्यक कानुनहरुमा छलफल तथा संशोधन हुन सकेको छैन। तसर्थ प्रतिपक्ष दल प्रधानमन्त्री देउवालाई हाम्रो समस्याको समाधान गर्दिन अनुरोध गर्दछु।’

    महासंघले आफ्नो २३ औं साधारण सभा तथा १२ औं अधिवेशन यही फागुन २७, २८ र २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा गर्दै छ।  


    तेस्रो आँखा