• ट्रेण्डिङ्ग :
घोराहीमा तीन वर्षपछि सडक कालोपत्रे हुदै

घोराहीमा तीन वर्षपछि सडक कालोपत्रे हुदै


  • 4.2K
    SHARES
    • पौष २२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.4K Views

    घोराहीमा तीन वर्षपछि सडक कालोपत्रे हुदै

    घोराही, २२ पुस । तीन वर्षदेखि घोराही बजारका अलपत्र सडक कालोपत्रे गरिएको छ । निर्माण व्यवसायीको लापरवाहीका कारण घोराही उपमहानगरपालिका–१५ अन्तर्गत सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्मको सडक कालोपत्रे गर्न थालिएको हो । 

    images

    नेपाल बैंकदेखि जिल्ला प्रशासन कार्यालयसम्मको करिब एक हजार २४४ मिटर सडक ६ महिनाभित्र विस्तारसँगै कालोपत्रे गर्ने गरी २०७७ माघ ८ गते वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो  । सम्झौता अनुसार वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्नले नेपाल बैँकदेखि सहिदगेटसम्मको सडक कालोपत्रे गरेपनि सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्मको सडक कालोपत्रे नगर्दा विगत तीन वर्षदेखि अलपत्र परेको थियो ।

    सम्झौता अनुसार निर्माण कम्पनीले २०७८ असार ३१ गतेसम्म काम  सक्नुपर्ने भए पनि निर्माण कम्पनीले काम नगर्दा अहिलेसम्म सडक कालोपत्रे हुन सकेको थिए । लामो समयसम्म पनि सडक कालोपत्रे गर्ने काम नभएपछि नयाँ निर्माण कम्पनीमार्फत अहिले अक्सपाल्ट प्रविधिबाट सडक कालोपत्रे गर्ने काम गरिएको घोराही उपमहानगरपालिकाका इन्जिनियर सन्दीप घिमिरेले जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनबाट बाँकी रहेको काम हुन नसक्ने भएपछि सहमतिमा शोभाकृष्ण निर्माण सेवा प्रालीले सडक कालोपत्रे गर्ने काम सुरु गरेको बताउनुभयो । सडक निर्माणका लागि २०८१ पुस मसान्तसम्म मौका दिएको र उक्त समयमा पुरानो निर्माण कम्पनीबाट सडक निर्माणको काम नहुने भएपछि नयाँ निर्माण कम्पनीबाट अलपत्र परेको सडक कालोपत्रे गर्ने काम भइरहेको भन्दै इन्जिनियर घिमिरेले बताउनुभयो ।

    ‘‘अब घोराही उपमहानगरपालिकाको गेट अगाडि लामो समयसम्म अलपत्र परेको सडक कालोपत्रे हुने भएको छ ।’’ उहाँले भन्नुभयो ।  एक करोड १५ लाख ३४ हजारमा सम्झौता भएकोमा हालसम्म सडक निर्माणका लागि ५३ लाख ११ हजार चार सय रुपियाँ भुक्तानी भएको छ ।  

    धारापानी जोड्ने सडक कालोपत्रे
    यसैगरी, घोराही उपमहनगरपालिका–५ पाण्डवेश्वर महादेव मन्दिर धारापानी जोड्ने पर्यटन मार्ग कालोपत्रे गरिएको छ । घोराही उपमहानगरपालिकादेखि पाण्डवेश्वर मन्दिर धारापानी जाने पर्यटन मार्गको पनौरा सडक कालोपत्रे सम्पन्न भएको छ ।

    घोराही उपमहानगरपालिका–१५ भरतपुर लख्यारे कुलोदेखि  गैरागाउँ सम्मको ९४७ मिटर सडक अक्सपाल्ट प्रविधिबाट सडक कालोपत्रे गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ । पर्यटन मार्ग सडक शोभाकृष्ण निर्माण सेवा प्रालीले कालोपत्रे गर्ने काम गरेको घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले जानकारी दिनुभएको छ ।

    निर्माण कम्पनीले आउने असारसम्म कालोपत्रे गर्ने समय भए पनि  समय अगावै नै कालोपत्रे गर्ने काम सकिएको निर्माण कम्पनीका प्रोपराइटर कृष्णबहादुर खडकाले जानकारी दिनुभयो । उक्त सडक कालोपत्रे गर्ने जिम्मा लिएको निर्माण व्यवसायीले काम नगरेपछि नगरले कारबाही गरेर फेरी नयाँ ठेक्का टेन्डर आह्वान गरेपछि शोभाकृष्ण निर्माण सेवा प्रालीले जिम्मा लिएको थियो । सडक कालोपत्रे सम्पन्न भएपछि स्थानीयलाई हिँडडुल गर्नसँगै पाण्डवेश्वर मन्दिर धारापानी जाने सवारी साधनलाई सहजता भएको छ ।


    तेस्रो आँखा