घोराही मेयरकपको अपाधि १३ नम्बर वडालाई

घोराही मेयरकपको अपाधि १३ नम्बर वडालाई


  • 4.3K
    SHARES
    • पौष २३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.6K Views

    घोराही मेयरकपको अपाधि १३ नम्बर वडालाई

    दाङ, २३ पुस । सातौँ संस्करणको घोराही मेयरकप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १३ ले हात पारेको छ ।
    घोराही उपमहानगरपालिका–१८ नवलपुर फुटबल मैदानमा गत पुस ५ गतेदेखि सुरु मेयरकप फुटबल प्रतियोगिताको फाइनल खेलमा सोमबार वडा नम्बर १५ लाई २–० गोलले पराजित गर्दै वडा नम्बर १३ ले उपाधि हत्याउन सफल भएको हो । उपाधिका लागि भिडेको वडा नम्बर १५ उपविजेतामा सीमित भएको हो ।

    images

     

    खेलको सुवाती ५ मिनेटमै वडा नम्बर १३ का खेलाडी रेवन बुढाले पहिलो गोल गरेका थिए भने दोस्रो गोल थपिएको अन्तिम समयमा १३ कै अर्का खेलाडी प्रमोद बुढाले गरेका थिए । १५ नम्बरले दर्शकको साथ पाए पनि खेल भने निराशाजनक प्रदर्शन गरेको थियो । आफ्नो वडाले राम्रो खेल प्रदर्शन गर्न नसकेपछि १५ नम्बरका दर्शकहरु खेलको अन्तिम समय अगावै मैदान छोड्न सुरु गरिसकेका थिए । उपाधि हात पारेको १३ ले दर्शकको बलियो सपोर्ट पाएको थियो । यद्यपि उसले भने दर्शकलाई निराशामुक्त गर्दै अन्तिम समयसम्म उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । 
    घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत पालिकाभरका कुल १९ वडा मध्ये वडा नम्बर ९ बाहेक सबै वडाको सहभागीता रहेको थियो । खेलमा कुल १ सय ८८ गोल भएको छ । कुल ३९ खेल भएको प्रतियोगितामा १३ नम्बर वडाको टिमले नगद १ लाखसहित शिल्ड, मेडल, प्रमाणपत्र, दोस्रो हुने १५ नम्बर वडाको टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ ।

     

    घोराही मेयर कप फुटबलमा प्रथम संस्करण वडा नम्बर १५ ले, दोस्रो र तेस्रो संस्करण वडा नम्बर १३ ले, चौथो र पाँचौं संस्करण वडा नम्बर १८ ले र छैठौं संस्करण वडा नम्बर १७ ले जितेको थियो । तेस्रो संकरण जितेको १३ ले फेरि सातौं संकरणमा दाहोराएर उपाधि हात पार्न सफल भएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप