तुलसीपुरमा भोलिदेखि राष्ट्रिय रेफ्रि सेमिनार तथा कोच एक्रिडिटेशन प्रतियोगिता हुँदै

तुलसीपुरमा भोलिदेखि राष्ट्रिय रेफ्रि सेमिनार तथा कोच एक्रिडिटेशन प्रतियोगिता हुँदै


  • 5.3K
    SHARES
    • पौष २४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 8.2K Views

    तुलसीपुरमा भोलिदेखि राष्ट्रिय रेफ्रि सेमिनार तथा कोच एक्रिडिटेशन प्रतियोगिता हुँदै

    तुलसीपुर, २४ पुस । तुलसीपुरमा बिहीबारदेखि चौथो कृष्ण प्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिता तथा ७औं राष्ट्रिय रेफ्रि सेमिनार तथा कोच एक्रिडिटेशन कार्यक्रम हुने भएको छ । नेपाल कराते महासंघ लुम्बिनीको आयोजनामा कार्यक्रम हुन लागेको हो । आयोजक नेपाल कराते महासंघ लुम्बिनी प्रदेशले बुधबार तुलसीपुरमा पत्रकार सम्मलेन गरेर कार्यक्रमको बारेमा जानकारी दिएको हो । प्रदेशका अध्यक्ष पदम बस्नेतको अध्यतामा भएको कार्यक्रममा अनुशासनका लागि खेलकुद, स्वास्थ्यका खेलकुद, राष्ट्रका लागि खेलकुदू भन्ने मुल नाराका साथ उक्त कार्यक्रम आयोजना हुन लागेको जानकारी दिइएको हो । प्रतियोगिता तुलसीपुरको इन्द्रनगरको सभाहलमा हुनेछ । 

    images

    अध्यक्ष बस्नेतले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन भोली दिउँसो १ बजे हुने जानकारी दिनुभयो । उक्त प्रतियोगितामा ७७ जिल्लाका खेलाडी सहभागी हुने अध्यक्ष बस्नेतले बताउनु भयो । उहाँका अनुसार प्रत्येक प्रदेशबाट २५ जना खेलाडीहरुको उपस्थिति रहनेछ । जसका लागि बुधबार बेलुका ४ बजेसम्म नाम दर्ता तथा रजिष्टेशनको लागि समय दिइएको छ । प्रतियोगितामा २ सयदेखि २५० जनासम्म खेलाडी सहभागी हुने उहाँले जानकारी दिनुभयो । साथै कार्यक्रममा सहभागी खेलाडीहरुले आफ्नो खर्चमा आउन लागेको अध्यक्ष बस्नेतको भनाई छ । खेलमा नेपाल कराते महासंघको केन्द्रीय अध्यक्ष युवराज लामाको पनि सहभागी रहने बस्नेतले जानकारी दिनुभयो ।

    चौथो कृष्ण प्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिता ललितपुरमा आउँदो फागुनको २७ गतेदेखि २८ गतेसम्म हुँदैछ । प्रत्येक  प्रदेशबाट एउटा टिम छनोट गर्नुपर्ने छ । उक्त प्रतियोगिताका लागि प्रदेशबाट राष्ट्रिय टिम खेल्नका लागि तयारी गर्नुपर्ने भएकाले लुम्बिनी प्रदेशका १२ जिल्लाबाट खेलाडी छनोट गर्ने योजना भएको अध्यक्ष बस्नेतले बताउनु भयो । 

     उपस्थित खेलाडीहरुको लागि रेफ्रि गर्दै आउनु भएको छ भने त्यस्तो खेलाडीलाई १ हजार दर्ता शुल्क र जो अहिले सम्म रेफ्रि गर्नुभएको छैना त्यस्तालाइ २ हजार दर्ता शुल्क छ। टाई र प्रमाण पत्र दिने व्यवस्था छ । प्रदेश कराते महासंघका सचिव ओमलाल थापा, प्रदेश रेफ्रि कृष्ण बहादुर घर्ती ,दाङ जिल्लाको कराते सचिव प्रतीक्षा नेपाली  लगायतका पदधिकारिहरु उपस्थित हुनुहुन्थ्यो । साथै पत्रकार सम्मेलनको सहजिकरण रिपोर्ट कलब दाङका अध्यक्ष शरद रेग्मीले गर्नु भएको थियो ।


    तेस्रो आँखा