• ट्रेण्डिङ्ग :
इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु

इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु


  • 3.9K
    SHARES
    • पौष २५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.9K Views

    इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु

    एजेन्सी २५ पुस । गाजापट्टीमा जारी इजरायली सैन्य कारबाहीमा परी कम्तिमा ४५ हजार ९३६ बढी प्यालेस्टाइनीको ज्यान गएको छ । अक्टोबर २०२३ मा युद्ध सुरु भएयता १ लाख ९ हजार बढी घाइते भएकाछन् ।

    images

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणका कारण ५१ जनाको मृत्यु भएको र ७८ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ । इजरायलले गाजाशहरमा धेरै हवाई आक्रमणहरू सञ्चालन गरेको साथै शहरको केन्द्र र वरपरका पश्चिमी क्षेत्रहरूलाई निशाना बनाएको विज्ञप्तिमा उल्लेख छ ।

    हालै मध्यगाजापट्टी, देइर अलबालाहको पश्चिममा भएको हवाई आक्रमणले एउटा घर ध्वस्तपारेको छ । त्यहाँ चार जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन् । त्यस्तै दक्षिणीगाजाको खानयुनिसको पश्चिमी भागमा रहेको एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमणमा चार जनाघाइते भएका छन् । त्यस्तै इजरायली सेनाले मंगलबार राती र बुधबार वेस्ट बैंकका विभिन्न स्थानहरूमा कम्तिमा ४५ प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ । 


    तेस्रो आँखा