नुन लिनका लागि वडाको सिफारिस चाहिने

नुन लिनका लागि वडाको सिफारिस चाहिने


  • 2.4K
    SHARES
    • पौष २७, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.7K Views

    नुन लिनका लागि वडाको सिफारिस चाहिने

    हुम्ला, २७ पुस । साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका दक्षिण भेगका चार वटा गाउँपालिकालाई सम्बन्धित वडाको सिफारिसका आधारमा शुक्रबारदेखि अनुदानको नुन वितरण सुरु गरेको छ ।

    images

    शुक्रबार सर्केगाड गाउँपालिका–२, ३ र पालिका केन्द्रबाहेक अन्य छवटा वडाका नागरिकलाई नुन वितरण गरिएको उक्त कार्यालयका प्रमुख राजबहादुर लामाले बताए ।

    दुई नम्बर रिप र ३ नं उनापानी गाउँ जाने बाटो बिग्रेका कारण नुन वितरण हुन नसकेको हो । पालिकाका अन्य सबै वडाका प्रत्येक घरलाई नुन वितरण गरिएको प्रमुख लामाले जानकारी दिए । पन्धदेखि ३० प्याकेटका दरले नुन वितरण गरिएको छ ।

    वडामा कम घर भएकालाई ३० प्याकेट र बढी घर भएका वडालाई १५ प्याकेट जनसङ्ख्याका आधारमा वितरण गरिएको हो । साल्ट टेड्रिङ कर्पोरेसन शाखा कार्यालयले नुन लिन पुग्दा सम्बन्धित वडाको सिफारिसका आधारमा नुन वितरण गरिरहेको बताएको छ । दक्षिण भेगका चारवटा गाउँपालिकामा नुन वितरण कर्पोरेसन शाखा कार्यालयका कर्मचारी स्वयं पुगेर वितरण गरिरहेका छन् ।

    कर्पोरेसनले अनुदानमा एक प्याकेट नुनको रु नौ मा बिक्री गर्दै आएको छ । शुक्रबार वडा–१ लाई ८० क्विन्टल, वडा–४ लाई ५१ क्विन्टल, वडा–५ लाई ५० क्विन्टल, वडा–६ लाई ५१ क्विन्टल, वडा–७ लाई ५७ क्विन्टल र वडा–८ लाई ५१ क्विन्टल वितरण गरिएको हो ।

    शुक्रबार मात्रै तीन सय ४० क्विन्टल वितरण भएको छभने सर्केगाड गाउँपालिकाका लागि पाँच सय क्विन्टल वितरण गरिने भएको छ ।


    तेस्रो आँखा