• ट्रेण्डिङ्ग :
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो

सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो


  • 2.6K
    SHARES
    • जेठ १७, २०८३ आइतबार
    • ३ महिना अघि
    • 4.1K Views

    सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल  सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो । 

    images

    सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो । 

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि गत जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ७२० रुपैयाँ कायम भएको छ, जुन दुई दिनअघि २ लाख ४९ हजार १४० रुपैयाँ थियो।

    सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ। जेठ १५ गते चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५८३ रुपैयाँ तोकिएको छ।


    तेस्रो आँखा