• ट्रेण्डिङ्ग :
बलिउडमा डेब्यु तर साउथमा हिट भएकी अभिनेत्री 'काजल अग्रवाल'

बलिउडमा डेब्यु तर साउथमा हिट भएकी अभिनेत्री 'काजल अग्रवाल'


  • 9.8K
    SHARES
    • फाल्गुण २६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 15.0K Views

    बलिउडमा डेब्यु तर साउथमा हिट भएकी अभिनेत्री 'काजल अग्रवाल'

    काठमाडौं, २६ फागुन । काजल अग्रवाललाई साउथ इन्डियन अभिनेत्री भनेर चिनिन्छ । उनले बलिउडमा सिंघम फिल्ममा अभिनय गरेपछि पहिचान बनाइन् । त्यसअघि उनका साउथ इन्डियन फिल्महरू प्राय प्रदर्शनमा आएका थिए ।

    images

    उनले बलिउडमा सिंघमसँगै स्पेसल २६ र दो लाफ्जोकी कहानीलगायतका फिल्ममा काम गरिसकेकी छिन्। उनलाई सुहाउँदो भूमिकामा बलिउडमा अफर भए अभिनय गर्ने बताउँछिन् । उनले बलिउड फिल्ममा काम गर्ने अवसर साउथ फिल्मकै कारण पाएकी हुन् ।

    साउथ फिल्मको बढ्दो लोकप्रियतासँगै उनको चर्चा पनि बलिउडसम्म आइपुग्यो । तर, काजलको डेब्यु भने बलिउड फिल्म ‘क्यु हो गया ना’मार्फत भएको थियो । उनी यस फिल्ममा ऐश्वर्या रायको साथीको रुपमा देखिएकी थिइन् । यद्यपि, उनलाई दर्शकले मात्र होइन, फिल्म मेकर्सले पनि नोटिस गरेनन् । जसकारण उनले साउथ इन्डियन फिल्ममार्फत आएको अफरहरूलाई स्वीकार्दै करियर सुरु गरिन् । 

    उनलाई अझै पनि दर्शकले साउथबाट बलिउडमा आएकी हिरोइन भनेर चिन्ने गर्छन् । उनले बलिउडमा काम नपाएपछि साउथमा काम सुरु गरेकी थिइन् । साउथमा लोकप्रियता कमाएसँगै उनलाई बलिउडमा काम गर्ने अफर दिए रोहित शेट्टीले । त्यसयता उनी दुवैतीर उत्तिकै व्यस्त छिन ।
     


    तेस्रो आँखा