भारतलाई हराउँदै न्युजिल्यान्ड दोश्रो स्थानमा

भारतलाई हराउँदै न्युजिल्यान्ड दोश्रो स्थानमा


  • 8.4K
    SHARES
    • फाल्गुण २६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    भारतलाई हराउँदै न्युजिल्यान्ड दोश्रो स्थानमा

    काठमाडौं, २६ फागुन । महिला विश्वकप २०२२ को आठौँ खेलमा टस जितेर पहिले बलिङ रोजेको भारतीय महिला टाेली न्युजिल्यान्डसँग पराजित भएको छ ।

    images

    न्युजिल्यान्डले दिएको दुई सय ६१ रनको लक्ष्य पछ्याएको भारतले ४६.४ ओभरमा सबै विकेट  गुमाएर एक सय ९८ रन मात्रै बनाउन सक्यो ।

    न्युजिल्यान्डकी बलर तहुहु ले दुई मेडन ओभर सहित उत्कृष्ट बलिङ गर्दै तीन विकेट र अर्की बलर अमेलियाले तीन विकेट प्राप्त गरिन् भने ब्याटिङ तर्फ  एमी सेटरथवेटले ७५ रन र अमेलिया केरले  ५० रन बनाउन सफल भइन् ।

    भारतका लागि अलराउण्डर हरमनप्रितले सर्वाधिक ७१ रन बनाइन् भने पूजाले सर्वोत्कृष्ट बलिङ गर्दै चार विकेट प्राप्त गरिन् तर उनको त्यो बलिङले मात्रै टिमलाई जिताउन सकेन ।

    यो जितसँगै तीन खेलमा दुई जीतका साथ न्युजिल्यान्ड ४ अङकसहित अङ्कतालिकाकाे दोश्रो स्थानमा उक्लिएको छ भने भारत दुई खेलमा एक हार र एक जित सहित तालिकाको पाँचौ स्थानमा छ ।


    करिष्मा ढकाल
    लेखकबाट थप