• ट्रेण्डिङ्ग :
मौसम खराबका कारण नेपालगञ्ज विमानस्थल बन्द

मौसम खराबका कारण नेपालगञ्ज विमानस्थल बन्द


  • 2.7K
    SHARES
    • माघ ८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.2K Views

    मौसम खराबका कारण नेपालगञ्ज विमानस्थल बन्द

    बाँके, माघ ८ । बाक्लो हुस्सु र शीतलहरका कारण मङ्गलबार पनि बिहानैदेखि नेपालगन्ज विमानस्थल बन्द छ । नागरिक उड्डयन कार्यालय नेपालगञ्जले बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा विमानस्थल खुल्न नसकेको जनाएको छ । 

    images

    नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुम्मतप्रसाद चौधरीले मौसममा सुधार हुनासाथ उडान सुचारु हुने जानकारी दिनुभयो । बिहान ११ बजेसम्म कुनै पनि उडान भएका छैनन । सोमबार पनि दिउँसो ३ बजेसम्म विमानस्थल बन्द थियो । 

    चौधरीले भन्नुभयो, ूजाडो समयमा बाक्लो हुस्सुका कारण विमानस्थल बन्द गर्नुपर्ने बाध्यता छ ।

    उडान नभएपछि कर्णाली प्रदेशका पहाडी जिल्ला तथा राजधानी काठमाडौंका लागि टिकट लिएर विमानस्थल पुगेका यात्रुहरु मौसम सुधार हुने र उडान हुने आशामा विमानस्थल आसपासमै प्रतीक्षारत छन् । 

    नेपालगञ्जबाट राजधानीलगायत कर्णाली प्रदेशका जिल्लामा गरी दैनिक डेढ दर्जन उडान हुने गरेका छन् । नेपालगञ्जबाट कर्णालीका जिल्लामा बिहानीको समयमा उडान हुने गरेको छ । यसैबिच बाक्लो हुस्सु र शीतलहरका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । सिमसिमे वर्षा झैं शीतलहर चलेको छ । शीतलहरबाट जोगिन मानिसहरु गाउँ र सहरका चोक तथा घर अगाडि आगो तापेर बसिरहेका छन् । 


    तेस्रो आँखा