आदिवासी, जनजाति समुदायका आदिकविको नाम र मूर्ति उपलब्ध गराउन राष्ट्रपतिको आग्रह

आदिवासी, जनजाति समुदायका आदिकविको नाम र मूर्ति उपलब्ध गराउन राष्ट्रपतिको आग्रह


  • 2.7K
    SHARES
    • माघ ८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.2K Views

    आदिवासी, जनजाति समुदायका आदिकविको नाम र मूर्ति उपलब्ध गराउन राष्ट्रपतिको आग्रह

    काठमाडौं, माघ ८ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरुको नाम उपलब्ध गराउन अग्रह गर्नुभएको छ ।

    images

    मङ्गलबार शितलनिवासमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्नुहुँदै उहाँले आदिवासी, जनजाति समुदायभित्र रहेका आदिकविकहरुको नाम र शालिक उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।

    उहाँले आयोगले मगर, राईलगायत आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातीहरुका आदिकविहरुको नाम र शालिक पाएको खण्डमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताउनुभयो ।

    राष्ट्रपति पौडेलले चार सय बिघा जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको जानकारी दिनुभयो । त्यहाँ बनाइने मूर्ति वाटिकामा विभिन्न जातजातिहरुका आदिकविको मूर्ति रहने उहाँको भनाइ छ ।

    ‘‘भानुक्तको चुँदीरम्घामा भानु साहित्य उद्यान चार सय रोपनी जग्गा लिएर नेपाल सरकारबाट त्यहाँ एउटा भानु साहित्य उद्यान बनाउँदैछु । त्यहाँ मूर्तिवाटिका हुन्छ ।,’’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘त्यहाँ सबै भाषाका मूर्धन्य श्रष्टाहरु त्यहाँ रहन्छन् । भानुभक्तसहित सबै भाषाका आदिकविहरुको मूर्ति रहन्छ । त्यो को–को हुन्, मगर, राई भाषाका आदिकवि उहाँहरुको नाम र मूर्ति चहियो ।’’

    राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपी, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, संवर्द्धन एवम् विकास तथा सो समुदायको सशक्तिकरण गरी सर्वाङ्गिण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवम् कानुनले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको बताउनुभयो ।


    तेस्रो आँखा