परिवर्तनमा एच.पि.भि खोप सम्बन्धि अभिमुखीकरण

परिवर्तनमा एच.पि.भि खोप सम्बन्धि अभिमुखीकरण


  • 6.7K
    SHARES
    • माघ ८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 10.4K Views

    परिवर्तनमा एच.पि.भि खोप सम्बन्धि अभिमुखीकरण

    रोल्पा, ८ माघ । एच.पि.भि खोप अभियान २०८१ सम्बन्धि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम परिवर्तन गाउँपालिकामा सम्पन्न भएको छ ।

    images

      परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा संयोजक दिपक घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा सह-संयोजक नन्दा बुढा मगरले राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य,महत्त्व र प्रभावकारिताको बारेमा र  पाठेघरको मुखको क्यान्सरबाट बच्नको लागी दिइने एच.पि.भी.खोपको बारेमा जानकारी गराउनु भएको थियोे । 


    उक्त खोप रोल्पामा माघ २२ गते देखि फागुन ६ गते सम्म सञ्चालन हुने बुढा मगरले जानकारी गराउनु भएको छ ।  विद्यार्थीहरुको हकमा कक्षा ६ देखी १० सम्मका सबै छात्राहरु र विद्यालय नजाने १० देखी १४ बर्ष उमेर समुहका छात्राहरुलाई एच.पि.भी.खोप लगाउने जानकारी गराउनु भएको छ । 


    एच.पि.भी.खोप सेवा बिद्यालयमा केन्द्रहरु स्थापना हुने र सबै छात्राहरूले सेवा पाउने समेत बताउनु भयो। विद्यालयको पहुँच भन्दा बाहिर रहेका छात्राहरूले विद्यालय र स्वास्थ्य संस्था मार्फत सेवा पाउने समेत बताउनु भएको छ । 


    रोल्पा जिल्लामा पहिलो चरणमा एच.पि.भि.खोप लिनेहरुको संख्या १३ हजार १ सय ४१ जना रहेका छन् जसमा परिवर्तन गाउँपालिकामा ९ सय ९६ जना छात्राहरूलाई खोप दिइने बुढा मगरले बताउनु भएको छ । जिल्ला तथा स्थानीय तहमा माघ २२ गतेदेखि खोप अभियानको शुभारम्भ हुने छ ।


    खोप अभिमुखिकरण कार्यक्रममा बोल्दै परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले खोपको पहुँचमा सबैलाई ल्याउनुपर्ने बताउनुभयो ।  सरकारले लिएको लक्ष्य पुरा गर्न सबैले आ-आफ्नो तह र तप्काबाट प्रचार प्रसार गर्न समेत आग्रह गर्नु भयो ।


    भरत विश्वकर्मा
    लेखकबाट थप