• ट्रेण्डिङ्ग :
नेपाल श्रीलंका–११ सँग ९२ रनले पराजित

नेपाल श्रीलंका–११ सँग ९२ रनले पराजित


  • 6.9K
    SHARES
    • फाल्गुण २७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    नेपाल श्रीलंका–११ सँग ९२ रनले पराजित

    काठमाडौं, २७ फागुन । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त–११ विरुद्ध ९२ रनले पराजित भएको छ । 

    images

    लगातार चौथो खेल जितका लागि दुई सय ३३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३५ ओभर २ बलमा एक सय ४० रन बनाउंदा सबै विकेट गुमायो । 

    नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए ।  यस्तै कुशल भुर्तेलले ३२ रन  बनाउदा रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले २ रन, विनोद भण्डारी र सगर ढकालले समान एक रन  बनाए ।

    श्रीलंका संयुक्त–११ का एस दक्सिनाले ३ तथा दिलसान मुनविराले २ विकेट हात पारे ।

    यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि दुई सय ३२ रनको योगफल बनाएको थियो ।

    श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १४, थिसरा परेराले आठ, चमरा सिल्भाले ६ र उपुल थरंगाले तीन रन बनाए ।

    नेपालका दीपेन्द्रसिंह ऐरीले र सागर ढकालले समान तीन विकेट लिए । यस्तै, सोमपाल कामीले दुई र आरिफ शेखले एक विकेट लिए ।

    यसअघि नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई क्रमशः एक सय ११ र ८९ रनले पराजित गरेको थियो । बिहीबार भएको चौथो अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसलाई एक सय ४४ रनले पराजित गरेको थियो ।

    नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।

    नेपालले लिग–२  अन्तर्गतको आफ्नो तेस्रो  शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

     

     


    तेस्रो आँखा
    लेखकबाट थप