• ट्रेण्डिङ्ग :
जाजरकोटमा ३ वर्षीया बालिकाको हत्या, १२ वर्षीय बालक नियन्त्रणमा

जाजरकोटमा ३ वर्षीया बालिकाको हत्या, १२ वर्षीय बालक नियन्त्रणमा


  • 4.6K
    SHARES
    • माघ ११, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.0K Views

    जाजरकोटमा ३ वर्षीया बालिकाको हत्या, १२ वर्षीय बालक नियन्त्रणमा

    काठमाडौं, ११ माघ । जाजरकोटको बारेकोटमा एक तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या भएको छ । बारेकोट गाउँपालिका-७ स्याला निवासी शिवबहादुर सार्कीकी तीन बर्षीया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या भएको हो । बिहीबार दिउँसोदेखि हराइरहेकी उनको हत्या गरी परालले छोपेको अवस्थामा शव भेटिएको हो ।

    images


    परिवारले राति १० बजे मात्रै फेला पारेका थिए । बालिकाको बलात्कार प्रयासपछि घाँटी रेटेर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । बालिकाको हत्या आरोपमा प्रहरीले बारेकोट गाउँपालिका(६ ताँसीका १२ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

    उनका अनुसार बालकले धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुलेको छ । ‘बलात्कारको प्रयास गर्दा बालिका कराएपछि चक्कु प्रहार गरेको र मुख थुनेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बलात्कार नै भएको चाँहि देखिदैन । तर प्रयास गरेको अनुमान गर्न सकिन्छ,’ डीएसपी पाण्डेले भन्नुभयो ।


    तेस्रो आँखा