तुलसीपुर, ११ माघ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ ले टरि गाउँ एरपाेर्ट बनाउन सकिन्छ र यसलाई बनाउनै पर्ने बताउनु भएको छ । शुक्रबार बिहान संचारकर्मी, नेताकार्यकर्ता र सराेकारवाला व्यक्तिहरुसंग कुरा गर्दै यस्ताे बताउनु भएको हाे ।
टरि गाउँ एरपाेर्टलाई स्ताेराेन्ती गरी नियमित हवाई सेवा सुचारु गर्न सकिन्छ र यसलाई नियमित रुपमा आगाडी बढाउनु पर्ने बताउनुभयो । `आफू प्रधानमन्त्री हुदा एरपाेर्टकाे अवलोकन गर्न आएकाे हु´ उहाले भन्नुभयो, `उक्त एरपाेर्टलाई विभिन्न विधि र प्रक्रिया बमोजिम सुचारु कार्यलाई अगाडि बढाउदै लागेका थियौ´ सरकार ढलेर त्यो काम अधुरो भयो ।
आफू प्रधानमन्त्री हुदाँ उक्त एरपाेर्टलाई बजेटकाे बिषयमा राखेको बताउनुभयो । टरि गाउँ एरपाेर्ट निर्माणधिन अवस्थालाई राजनीतिक दलले प्रभाव पारेकाे उहाँको भनाइ छ ।
तुलसीपुर तेस्रो नगर अधिवेशन तथा खबरदारी सभालाई सम्बाेधन गर्न अध्यक्ष प्रचण्ड शुक्रबार दाङको तुलसीपुरमा आउनु भएको हाे । उक्त सभालाई सम्बाेधन गरि आजै घाेराही जाने कार्यक्रम छ । अध्यक्ष पप्रचण्ड ३ दिनकाे लागि विभिन्न कार्यक्रममा सहभागी भई भैरहवा हुदै काठमाडौ जाने कार्ययोजना छ ।
रुपा थापा
