नेपाल रेडक्रस सोसाइटी सुलिचाैर उपशाखाको १४ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी सुलिचाैर उपशाखाको १४ औं वार्षिक साधारणसभा सम्पन्न


  • 6.0K
    SHARES
    • माघ १२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 9.2K Views

    नेपाल रेडक्रस सोसाइटी सुलिचाैर उपशाखाको १४ औं वार्षिक साधारणसभा सम्पन्न

    रोल्पा,१२माघ । नेपाल रेडक्रस सोसाइटी सुलिचौर उपशाखाको १४ औं वार्षिक साधारणसभा सुलिचौरमा सम्पन्न भएको छ। सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको प्रमुख अतिथियतामा कार्यक्रम भएको हो ।

    images

    साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथिको रुपमा रहनुभएका सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले रेडक्रसले गरेको कामप्रति सरकार सकारात्मक भएको बताउनु भयो । सरकारमा आउनुभन्दा अघि आफुपनी रेडक्रसको पदाधिकारीको रुपमा रहेर काम गरेकोले पनि रेडक्रस प्रती आफ्नो सकारात्मक धारणा रहेको उहाँको धारण थियो। 

    कार्यक्रममा बोल्दै भुमि समस्या समाधान आयोग रोल्पाका अध्यक्ष सिम बहादुर विष्टले रेडक्रसको योगदान महत्त्वपूर्ण भएको बताउनु भयो । भर्खरै मात्र भूमी समस्या समाधान आयोग रोल्पाको अध्यक्षमा सरकारको मन्त्रीपरिषद निर्णयबाट अध्यक्ष हुनुभएका उहाँले भूमि समस्या समाधानको सवालमा समितीले पुर्णता पाए लगत्तै कामलाई अगाडि बढाउने बताउनुभयो । 

    नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य नैलसिंह पुनले विपदको समयमा उद्वारको लागि रेडक्रस खटिनुपर्ने उहाँको धारणा थियो। रेडक्रस युद्धबाट जन्मिएको मानवीय संस्था भएकाले युद्धको समयमा यसले महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाई थियो। रेडक्रस सरकारको सहयोगी संस्थाको रुपमा रहेको उहाँको भनाई थियो । रेडक्रसले सरकारलाई सहयोग गर्दै अगाडि बढेको उहाको भनाई थियो। 


    रेडक्रस उपशाखाका सभापति दिपेश विष्टले समाज सेवाको भावले काम ग्र्नुपर्ने बताउनु भयो। समाजिक सेवाको लागि उत्पन्न भएको संस्था भएकाले यसमा राजनीतिकरण गर्न नहुने सेवाको भावले काम गर्नुपर्ने उहाँको भनाई थियो।received_1198898601659959.jpeg


    साधारणसभामा मन्तव्य राख्ने वक्ताहरूले रेडक्रसले गरेको कामको प्रसंशा गर्दै नागरिकको सेवामा सधै लाग्न अनुरोध गरेका थिए। सामाजिक सेवा भावले काम गर्ने संस्था भएकाले यसलाई राजनितिकरण गर्न नहुनु कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका हुन । 

    कार्यक्रममा सभापति दिपेश विष्टले साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। भने कोषाध्यक्ष समिक्षा क्षेत्रीले आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो। कार्यक्रममा रेडक्रसका विभिन्न समयमा पदाधिकारी बनेका पुर्व पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।

    रेडक्रस सोसाइटी सुलिचौर उपशाखाकि उपसभापति विपना घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन रेडक्रस सुलिचौर उपशाखाका सचीव योगेन्द्र थापाले गर्नुभएको थियो । 

    कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगाएतको उपस्थित रहेको थियो।


    भरत विश्वकर्मा
    लेखकबाट थप