टेक्सास अस्टिन
टेक्सासको राजधानी अस्टिनमा संचालनमा रहेको ईन्डियन ग्रोसारी स्टोर GANDHI BAZAR SPICEWOOD ले म्याद नाघेका सामानहरु बिक्री वितरण गरेकाे छ । 8650 Spicewood Springs Rd, Austin, TX 78759 मा रहेको GANDHI BAZAR SPICEWOOD इन्डियन ग्रोसरी स्टोरले म्याद नाघेका मात्र होइन, किरा, घुन र पुतला लागेका सामानहरु पनि बिक्री गरिरहेको छ । उपभोग गर्ने मिति नाघेका सामनहरु बेच्न कानुनी रुपमा प्रतिबन्ध छ । तर गान्धी बजार स्पाईसवूडले खुल्लम खुल्ला म्याद नाघेका, किरा र घुनपुतला लागेका सामानहरु बिक्री गरेर उपभोक्ता कानुनको उलङ्हन गरिरहेको छ। यसरि म्याद नाघेका सामानहरु बेचेर एकातिर गैर कानुनी काम गरिरहेको छ भने अर्को तिर उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गरिरहेको छ । यस प्रकारका म्याद गुज्रिएका खाद्य सामग्रीहरू उपभोग गर्दा मानिसहरुको स्वास्थ्यमा प्रतिकूल असार गर्दछ ।
यो स्टोर खास गरी इन्डियन, नेपाली र पाकिस्तानीलगायत साउथ एशियन उपभोक्तालाई लक्षित गरेर संचालन गरिएको छ । अस्टिनमा बस्ने नेपालीहरुले पनि यहि स्टोरबाट ग्रोसारीका सानानहरु किन्ने गर्दछन । नेपाली, इन्डियन, पाकिस्तानी र बाङ्ग्लादेशी लगायत स्थानिय अमेरिकनहरुले पनि यो स्टोरबाट ग्रोसारीका सामान खरिद गर्ने गरेका छन ।
Invoice # 841406 को बिलामा खरिद गरिएका जम्मा ६ वटा समानहरु मध्ये तीनवटा सामानको Date expair भएको अर्थात खाने म्याद गुज्रेका छन । यसबाट यो अनुमान लगाउन सकिन्छ कि GANDHI BAZAR SPICEWOOD का अरु धेरै सामानहरुको पनि खाने म्याद नाघेका हुन सक्छन । यसरी म्याद गुज्रिएका र सडेगलेका सामान बेच्ने यो ग्रोसरीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
