मावि तुलसीपुर सेन्टरको ५४ औँ  बार्षिक उत्सव सम्पन्न

मावि तुलसीपुर सेन्टरको ५४ औँ  बार्षिक उत्सव सम्पन्न


  • 4.7K
    SHARES
    • माघ १३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.3K Views

    मावि तुलसीपुर सेन्टरको ५४ औँ  बार्षिक उत्सव सम्पन्न

    तुलसीपुर, १३ माघ । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको ५४ औँ बार्षिक उत्सप तथा अभिभावक भला सम्पन्न भएको छ । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरकाका विविश अध्यक्ष लेखतराम पौडेयलका अध्यक्षतामा कार्यक्रम भएको हो । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख अतिथियतामा तथा पुर्व नगर प्रमुख ढुण्डिराज लामिछानेको विशिष्ट अतिथियतामा कार्यक्रम भएको थियोे ।  

    images

    उक्त कार्यक्रमका प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खडकाले शिक्षा क्षेत्रमा आफ्नो हब बनाउदै यस मावि सेन्टरले हाम्रो पनि उच्चस्तरको इज्जत बढाएको बताउनु भएको हो ।  साधारण तथा प्राविधिक शिक्षातर्फ उत्कृष्ट स्थान हासिल गर्दै तुलसीपुरलाई मुलुकमै चिनाउने काम गरेको बताउनुभयो । यस विद्यालयबाट अन्य विद्यालयका परिवारले पनि विद्यालयलाई कस्तो बनाउने भन्ने बारे सिक्न जरुरी भएको उहाँको भनाइ छ । अभिभावक, विद्यार्थी, शिक्षक र विविस परिवार मिलेर अगाडि बढ्ने हो भन्ने विद्यालयलाई एउटा गुणस्तरीय शिक्षा प्रदान गर्ने मन्दिर बनाउन सकिने बताउनुभयो । आव २०७९/०८० को मूल्यांकनमा देशकै उत्कृष्ट विद्यालयको उपाधी पाउन सफल भएको स्मरण गर्दै आगामी दिनमा उक्त साख जोगाइराख्न अनुरोध गर्नुभयो ।IMG-20250126-WA0053.jpg


    उक्त कार्यक्रमको अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का कार्बाहक अध्यक्ष यमुना सुनार, तुलसीपुर मेट्रो कलेजका प्रमुख बसन्त पौडेल, संचाकर्मि तथा मानव अधिकारकर्मि सुशील बस्नेत, पुर्व अध्यक्ष नवराज लामिछाने, तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मन बहादुर खड्का, अभिभावक कर्ण भण्डारी र तुलसीपुर( १३ का वडाध्यक्ष मोहनलाल पौडेल लगायतका व्यक्तिहरुले आफ्नो मन्तव्य राख्नु भएको थियोे । 

     माध्यमिक विद्यालय सेन्टरको बार्षिक पगति विवरणको प्रतिवेदन विद्यालयका प्रधानध्यापक भागवत  पौडेलले प्रस्तुति गर्नु भएको थियोे  । ७५३ वटा स्थानीय तहहरुका समुदायिक विद्यालयमा उत्कृष्ट स्थान ल्याएको बताउनुभयो । प्रधानमन्त्रीको हातबाट नगत ३ लाख र सिल्ड  आएको उहाले जानकारी दिनुभयो । २०२७ सालमा प्राविबाट स्थापना भएको विद्यालय  २०६३  माविमा परिनत भएको उहाँको भनाइ छ ।  मावि सेन्टरमा ७९ जना शिक्षक र २५ सय  भन्दा बढि विद्यार्थीहरुले अध्यनरत गरेको बताउनुभयो  ।  उहाँका अनुसार ६१७ जना बालबालिकाहरु टेक्निकल शिक्षासंग जोडिएर छन भने ती विद्यार्थीहरुले आफ्नो ज्ञान सीप प्रयोग गरेर आयआर्जनसंग पनि जोडिएका छन  ।IMG_20250126_204041.jpg

    उक्त समारोहमा ५ जना शिक्षकहरु उत्कृष्ट पुरस्कृत भएका हुन भने पुर्व शिक्षकहरुले समान तथा पुरस्कार वितरण गरेका थिए । विद्यालयका विद्यार्थीहरुले विभिन्न जातिमा आधारित मौलिकता झल्काउने नृत्य तथा मनोरञ्जन दिएका थिए ।

    विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेश रावतको    स्वागत मन्तव्यबाट सुरु भई कार्यक्रमको सहजिकरण शिक्षक मेनका भण्डारी र भोला पौडेलले गर्नु भएको थियोे । 


    तेस्रो आँखा