अमेरिकाले १२ हजार फौजलाई सार्‍यो रुससँग सीमा जाेडिएका देशमा 

अमेरिकाले १२ हजार फौजलाई सार्‍यो रुससँग सीमा जाेडिएका देशमा 


  • 10.9K
    SHARES
    • फाल्गुण २८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 16.8K Views

    अमेरिकाले १२ हजार फौजलाई सार्‍यो रुससँग सीमा जाेडिएका देशमा 

    एजेन्सी, २८ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले १२ हजार सेनालाई रुससँग सीमा जाेडीएका लातभिया, इस्टोनिया, लिथुनिया, रोमानियामा सारेको बताएका  छन् । 

    images

    रुसी फौजले युक्रेनका मुख्य सहरहरुमा हमला तीव्र पारेको र राजधानी युक्रेनलाई घेरा हालिरहेको भन्ने विवरण सार्वजनिक भइरहेका बेला बाइडेनले १२ हजार सेनालाई रुससँगको सीमा रहेका देशमा सारेकाे बताएका हुन्।  

    हाउस डेमोक्रयाटिक काउसकसका सदस्यहरुलाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा तेस्रो विश्व युद्ध नलड्ने तर नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्ने उचित सन्देश पठाउने बचन बताए। 

    उत्तर एट्लान्टिक ट्रिटी संगठन नेटो उत्तर अमेरिका र युरोपका ३० देशरुको समूह हो । राजनीतिक र सैन्य माध्यममार्फत आफ्ना सदस्यहरुको स्वतन्त्रता र सुरक्षाको सुनिश्चित गर्नु यसको उदेश्य हो ।

    रुसी हमलामा युक्रेनीले उदाहरणीय वीरता र साहस प्रदर्शन गरेको बाइडेनको भनाई छ। 

  • सम्बन्धित विषय:

  • # युक्रेन-रूस युद्द

  • तेस्रो आँखा
    लेखकबाट थप