खाद्य व्यवस्था कार्यालय तुलसीपुरद्वारा लक्ष्य भन्दा २० प्रतिशत बढि धान खरिद

खाद्य व्यवस्था कार्यालय तुलसीपुरद्वारा लक्ष्य भन्दा २० प्रतिशत बढि धान खरिद


  • 5.2K
    SHARES
    • माघ १६, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 8.0K Views

    खाद्य व्यवस्था कार्यालय तुलसीपुरद्वारा लक्ष्य भन्दा २० प्रतिशत बढि धान खरिद

    तुलसीपुर, १६ माघ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी  लिमिटेड तुलसीपुर शाखाले लक्ष्य भन्दा २० प्रतिशत धान खरिद गर्न सफल भएको छ । दाङ जिल्लामा आठ हजार क्विन्टल धान किसानसंग खरिद गर्ने लक्ष्य लिएको खाद्यले २० प्रतिशत अथार्त १ हजार ६ सय ३२ क्विन्टल १५ केजी धान खरिद गर्ने सफल भएको खाद्य कम्पनी तथा व्यवस्था लिमिटेड तुलसीपुर शाखा प्रमुख तिलक केसीले तेस्रो आखालाई जानकारी दिनुभयो । 

    images

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले यस बर्ष दाङका किसाननहरुसँग १ हजार ६ सय ३२ क्विन्टल १५ केजी  भन्दा बढि धान खरिद गरेको छ । खाद्यले दुई महिनाको अबधिमा किसानहरबाट उक्त मात्राको धान खरिद गरेको हो ।

    कार्यालय प्रमुख सुनारका अनुसार खाद्यले जिल्लामा किसानसंग प्रतिक्वीन्टल ३ हजार ४ सय रुपैयाँ ५१ पैसाका दरले धान खरिद गरिएको थियोे । केन्द्रबाट परिपत्र आउदा लक्ष्य सम्म पुग्न नसकिन्ने जस्तो पुग्ने उहाँको भनाइ छ ।  नियमित रुपमा प्रत्येक बर्ष खाद्यले धान खरिद गर्दै आएको भए समस्या आउने थिएनझ उहाँले भन्नुभयो,  धेरै बर्षपछि अहिले धान खरिद गर्दा किसानले विश्वास गर्नुभएना । बाहिरका व्यपारीहरुलाई धान बेच्नु भन्दा खाद्यले धान खरिद गर्दा हामीलाई बिशेष राहत पुगेको किनानहरुको भनाइ छ ।

    1000034572.jpg

    कार्यालयका अनुसार यो बर्ष देउखुरीको गढवा र राजपुर गाउँपालिकासंगै तुलसीपुर उपमहानगरपालिकाबाट मात्र धान खरिद भएको बताउनुभयो । केन्द्रबाट सुचना ढिलो आएको कारणले गर्दा किसानहरुले धान बेचिसक्नु भएको थियोे । अन्य स्थानीय तहबाट धान खरिद गर्नाका लागि पटकपटक आह्वान गर्दा पनि धान नपाएको प्रमुख सुनारले बताउनु भएको छ ।
     
    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेको धानहरुलाई चामल बनाएर खाद्यान्नहरुको अभाव पर्ने ठाउँमा पुर्‍याउनका लागि धान खरिद गरेको प्रमुख सुनारको भनाइ छ ।  “रुकुम पश्चिम, रुकुम पुर्व, डोल्पा, कालिकोट, मुग र हुम्ला लगायतका खाद्यान्नहरुको अभाव परेका ठाउँमा पठाउनका लागि हकम्पनीले धान खरिद गरेको हो” उहाँले भन्नुभयो,  “खाद्यान्नको अभाव हुने ठाउँहरुमा साहुलियत मुल्यमा चामल दिने गरि धान खरिद गरेका हो” । 

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले गत कात्तिक २१ गते देखि पुस मसान्तसम्म जिल्ला भित्र रहेका किसानहरुसंग धान खरिद गरेको हो । खाद्यले लक्ष्य भन्दा बढी धान खरिद गरेको छ । कार्यालय प्रमुख सुनारका अनुसार दाङका ३ वटा स्थानीय तहबाट उक्त धान खरिद गरिएको हो । दाङका सबै पालिकामा धान खरिद गर्ने चासो भएता पनि किसानले सबै धान बेचिसकेको कार्यालय प्रमुख सुनारकाे भनाइ छ ।


    रुपा थापा
    लेखकबाट थप