चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छः सभामुख घिमिरे

चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छः सभामुख घिमिरे


  • 2.8K
    SHARES
    • माघ १७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.2K Views

    चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छः सभामुख घिमिरे

    काठमाडौँ, माघ १७ । सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको बताउनुभएको छ । सोनामल्होसार, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले ल्होसारजस्ता पर्वहरूले नेपाली समुदायबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको उल्लेख गर्नुभएको छ । 

    images

    तामाङ समुदायको महत्वपूूर्ण पर्व सोनामल्होसार नयाँ वर्षको सुरुआतसँगै हर्षोल्लासपूर्वक मनाइन्छ । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने सभामुख घिमिरेको भनाइ छ । “सोनामल्होसार तामाङ समुदायको मौलिक पर्व हो ।

    डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकारहरूका साथ यो पर्व सांस्कृतिक जीवन्तताको अद्वितीय उदाहरण बनेको छ”, उहाँले उल्लेख गर्नुभएको छ । 


    तेस्रो आँखा