प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना


  • 2.5K
    SHARES
    • माघ १७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.8K Views

    प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

    काठमाडौँ, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । 

    images

    प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार मनाउने  सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गर्नु भएको हो । 

    “आज तामाङ समुदायको नयाँ वर्ष , अर्थात्  सोनाम ल्होछार १ हाम्रो  सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ ।  यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्वपूर्ण विधा हो । हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना् ल्हास्सो, फ्याफुल्ला्” प्रधानमन्त्रीले फेसबुकमा लेख्नुभएको छ । रासस


    तेस्रो आँखा