• ट्रेण्डिङ्ग :
संविधानमा सुनिश्चित भएको व्यवस्था कार्यान्वयन भएको छ : पुर्व राष्ट्रिय सभा सदस्य वलि

संविधानमा सुनिश्चित भएको व्यवस्था कार्यान्वयन भएको छ : पुर्व राष्ट्रिय सभा सदस्य वलि


  • 3.5K
    SHARES
    • माघ १९, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 5.4K Views

    संविधानमा सुनिश्चित भएको व्यवस्था कार्यान्वयन भएको छ : पुर्व राष्ट्रिय सभा सदस्य वलि

    तुलसीपुर, १९ माघ । नेकपा एमालेकि केन्द्रीय सदस्य एवम् पुर्व राष्ट्रिय सभा सदस्य काेमल वलिले नेपालकाे संविधानमा उल्लेख भएको वडा स्तरिय वडाकपकाे व्यवस्था कार्यान्वयन भएको बताउनु भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ काे आयोजनामा प्रथम वडा स्तरिय फुटबल प्रतियोगिताकाे उद्घाटन समारोहलाई सम्बाेधन गदै उहाँले यस्तो बताउनु भएको हाे ।

    images


    नेपालीको संबिधान मा नै उलेखित स्थानीय सरकारकाे एकल अधिकार अन्तरगत वडा स्तरीय वडाकप कार्यन्वयन भएको वलीले बताउनु भएको थियोे । तुलसीपुरका सबै वडा वडा बिच सहकार्य गरेर अगाडि बड्न आग्रह गर्नुभयाे ।

    IMG-20250201-WA0005.jpg

    नेपाल अन्तर्राष्ट्रिय क्रिकेट खेलकुदका रुपमा हब बन्दै  गएको उहाँको भनाइ छ । दाङमा  पनि अन्तर्राष्ट्रिय स्तरका खेलकुदहरुकाे आयाेजना गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । याे फुटबल खेललाई सफल पार्नका लागि तुलसीपुर बासिकाे अहमभुमिका रहने उहाँकाे भनाइ छ । 


    नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो गाैरव बढाउने र आफ्नो देशकाे झन्डा अन्तर्राष्ट्रिय भुमिमा फरफराउनका लागि नेपाल सधैं अग्रसर भएको बताउनुभयो। झन्डा फरफराउनका लागि नेपालका खेलाडीहरुले कडा मेहनत गरेका छन। रेफ्रिहरुलाइ निस्पक्ष रुपमा खेल खेलाउने र खेल खेल्ने खेलाडीहरुले आफ्नो मर्यादा बमोजिम खेल खेल्न वलीले आग्रह गर्नुभयो । 


    त्यसैगरी उक्त अवस्थामा महिला अधिकारकर्मि सुस्मा लामिछाने, निवर्तमान नगर प्रमुख घनश्याम पाण्डे , तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चाैधरी लगायतका व्यक्तिहरुले खेलले एउटा व्यक्तिगत रुपमा मात्र नभई राष्ट्रकाे लागि पनि महत्त्वपूर्ण याेगदान पुर्‍याउने बताउनु भएको छ ।

    IMG-20250201-WA0006.jpg

    तुलसीपुरमा आज देखि प्रथम अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । आयोजनामा र युथ्स अफ तुलसीपुर र मदन भण्डारी युथ क्लब तुलसीपुरकाे सहकार्यमा अन्तर वडा स्तरीय रनिङ शिल्ड सुरु भएको हाे । 


    फुटबल प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारीकाे स्वागत मन्तव्यबाट सुरु भई कार्यक्रमकाे सहजिकरण  नानिमैया केसी वलिले गर्नु भएको थियोे ।


    तेस्रो आँखा