माघ २८ गतेदेखि हुदैं लुम्बिनी च्याम्पियनसिप

माघ २८ गतेदेखि हुदैं लुम्बिनी च्याम्पियनसिप


  • 8.0K
    SHARES
    • माघ २०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 12.4K Views

    माघ २८ गतेदेखि हुदैं लुम्बिनी च्याम्पियनसिप

    घोराही, २० माघ । जिल्लामै पहिलो पटक हुन लागेको सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता लुम्बिनी च्याम्पियनसिप खुला नकआउट फुटबल प्रतियोगिता यही माघ २८ गतेदेखि हुने भएको छ ।
    ‘स्वस्थ युवा, अनुशासित नेतृत्व र आत्मविश्वास निर्माण, खेल संस्कार र खेलकुदलाई व्यावसायिक रुपान्तरण’ भन्ने नाराका साथ लुम्बिनी फुटबल एकेडेमी घोराहीको आयोजनामा हुन लागेको प्रतियोगिता एकेडेमीकै खेलमैदानमा हुन लागेको हो । प्रतियोगिताका तिव्ररुपमा तयारी भइरहेको एकेडेमीका अध्यक्ष समिर वलीले जानकारी दिए ।
    प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आफ्नै खर्चमा फुटबल एकेडेमी सञ्चालन गरेर युवा खेलाडीहरुलाई दक्ष र अनुभवी प्रशिक्षकद्वारा नियमित फुटबल प्रशिक्षण दिंदै आएको लुम्बिनी फुटबल एकेडेमीले जिल्लामै पहिलो पटक ठूलो राशीको फुटबल प्रतियोगिता गरेर दाङको खेल क्षेत्रको विकासमा थप टेवा पुर्याउने अपेक्षा लिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • # फुटबल

  • तेस्रो आँखा
    लेखकबाट थप