रोल्पा,२३ माघ । परिवर्तन गाउँपालिकामा अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ को शिल्ड जनसेवा नमूना मावि परिवर्तन गाउँपालिका-२ राङ्सी पोखराले लगेको छ।परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा शहिद स्मृति रंगशाला खेलकुद मैदान परिवर्तन गाउँपालिका-५ धामाचौरमा माघ १८ गतेदेखि २२ गतेसम्म आयोजना भएको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु प्रतियोगिता आयोजना गरिएको थियोे । मंगलबार सम्पन्न भएको प्रतियोगितामा जनसेवा नमूना मावि राङसीले स्वर्ण ३८, रजत १३ र कास्य १० गरी जम्मा ६१ पदक प्राप्त गर्दै विजेता बनेको छ र लगातार तेस्रोपटक जित्दै राङ्सीले सधैं आफ्नो विद्यालयमा शिल्ड राख्ने गरी परिवर्तन गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड लगेको छ ।
बाल कल्याण मावि उपबाङले स्वर्ण १३,रजत ३० र कास्य ८ गरी जम्मा ५१ पदक प्राप्त गरी उपविजेतामा बनेको हो । नेपाल राष्ट्रिय मावि राङखुङले स्वर्ण ५,रजत ७ र कास्य ५ गरी जम्मा १७ पदक प्राप्त गरी तृतीय भएको छ । दिव्य ज्योति मावि माईस्थानले स्वर्ण ३,रजत ७ र स्वर्ण ९ गरी जम्मा १९ पदक प्राप्त सान्त्वना भएको छ । जनता मावि बागमाराले स्वर्ण ३,रजत २ र कास्य ९ गरी जम्मा १४ पदक प्राप्त गरी पाँचौ भएको छ । ने।रा नमुना मावि मौलाबोटले स्वर्ण २,रजत ३ र कास्य ४ गरी जम्मा ९ पदक प्राप्त गरी छैठो भएको छ ।
त्यस्तै जनज्योति मावि आरखोलाले स्वर्ण १,रजत ३ र कास्य ३ गरी जम्मा ७ पदक प्राप्त गरी सातौ भएको छ । बाल शिक्षा मावि थुनिकोटले १ स्वर्ण,शून्य रजत र ३ कास्य गरी जम्मा ४ पदक प्राप्त गरी आठौं भएको छ । जनकल्याण मावि धानाबाराले शून्य स्वर्ण, शून्य रजत र ६ कास्य गरि जम्मा ६ पदक प्राप्त गरी नवौं भएको भएको छ । राष्ट्रिय मावि केउरीले शून्य स्वर्ण,शून्य रजत र १ कास्य गरी जम्मा १ पदक प्राप्त गरी दसौं भएको छ । नेपाल राष्ट्रिय मावि नाफेले शून्य स्वर्ण,शून्य रजत र १ कास्य गरी जम्मा १ पदक प्राप्त गरी एघारौं भएको छ । जनकल्याण मावि त्रिवेणीले शून्य स्वर्ण,शून्य रजत र १ कास्य गरी जम्मा १ पदक प्राप्त गरी बाह्रौं स्थानमा परेको छ।
जनसेवा नमूना मावि राङ्सीले खेलकुद क्षेत्रको प्रोत्साहन तथा पुरस्कार स्वरूप ३ लाख १ हजार रकम पाउने समेत परिवर्तन परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले घोषणा समेत गर्नु भएको छ । नमूना विद्यालयले जुन किसिमको खेलकुद क्षेत्रमा लगानी तथा योगदान गरेर लगातार तेस्रोपटक जितेर रनिङ शिल्ड लग्यो त्यसरी नै अन्य विद्यालयले पनि खेलकुद क्षेत्रमा थप लगानी र विकास गर्न प्रेरित गरोस् भनेर हामीले नगद पुरस्कार दिन लागेको बताउनु भएको छ ।
भरत विश्वकर्मा
