सरस्वती माध्यमिक विद्यालय काठेकोलमा अक्षयकोष स्थापना

सरस्वती माध्यमिक विद्यालय काठेकोलमा अक्षयकोष स्थापना


  • 4.4K
    SHARES
    • माघ २३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 6.7K Views

    सरस्वती माध्यमिक विद्यालय काठेकोलमा अक्षयकोष स्थापना

    दाङ, माघ २३ । दाङको घोराही उपहानगरपालिका वडा नं १५ सरस्वती टोल काठेकोल निवासी बमबहादुर डाँगी र पूर्णिमा डाँगीले सरस्वती माध्यमिक विद्यालय भरतपुरमा अक्षयकोष स्थापना गर्नु भएको छ ।

    images

    बमहादुर डाँगीका पूज्यनिय पिता स्वर्गीय कमानबहादुर डाँगी र आमा भक्तकुमारी डागीको सम्झनामा “बम-पूर्णिमा” अक्षयकोष स्थापना गरिएको छ । ५१ हजार रुपैयाको उक्त अक्षयकोषबाट आउने ब्याजको ६० प्रतिशत एसईई परीक्षामा अग्रेजी बिषयमा सवैभन्दा बढी अंक ल्याउनेलाई र अग्रेजी बिषयमै दोस्रो नम्वर ल्याउनेलाई ४० प्रतिशत ब्याजको रकमबाट पुरस्कार दिने गरी अक्षयकोष स्थापना गरिएको बमबहादुरका छोरा गोवद्र्धन डाँगीले जानकारी दिनुभयो ।  


    विद्यालयमा आज बुधवार एक कार्यक्रमको आयोजना गरी अक्षयकोषको रकम विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेललाई हस्तान्तरण गरिएको थियो । विद्यालयमा प्राप्त अक्षयकोषको रकमलाई ब्यवस्थित गरी आगामी बर्षदेखि नै पुरस्कार दिनु शुरु गरिने विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

     


    तेस्रो आँखा