रोल्पा,२४ माघ । रोल्पाका विभिन्न वनमा लालीगुराँस फुल्न थालेका छन् । प्राय फाल्गुन अन्त्यदेखी फुल्न सुरु गर्ने गुराँस पछिल्लो समय अगाडि नै फुल्न थालेको छ ।
जिल्लाको लुङ्ग्री गाउँपालिका, सुनछहरी गाउँपालिका लगायतको वन जंगलमा गुराँस फुल्न सुरु गरेको स्थानीयको भनाई छ ।
जलवायु परिवर्तनको असरले गर्दा फुल्ने समय अगावै लाली गुँरास फुल्ने गरेको जानकारहरु बताउछन् । समयमै पानी नपर्नु साथै पृथ्वीमा तापक्रम वृद्धि हुनुले गुराँस जाडै फुल्न सुरु गरेको हो।
पछिल्लो समय जलवायु परिवर्तनको असरले गर्दा कृषि क्षेत्र समेत विभिन्न समस्याहरु देखिन थालेका छन् ।
भरत विश्वकर्मा
