त्रिदेशीय सिरिजमा नेपालले थाइल्याण्डविरुद्ध टस जित्यो

त्रिदेशीय सिरिजमा नेपालले थाइल्याण्डविरुद्ध टस जित्यो


  • 2.4K
    SHARES
    • माघ २५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.7K Views

    त्रिदेशीय सिरिजमा नेपालले थाइल्याण्डविरुद्ध टस जित्यो

    काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ ।

    images

    कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । यसअघि पाँच खेलमा हार व्यहोरेको नेपालले आज अन्तिम खेल थाइल्याण्डविरुद्ध  खेल्न लागेको  हो  ।

    नेपाली टोलीमा २ परिवर्तन भएको छ ।  आजको  खेलमा इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, अलिशाकुमारी यादव, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी टिममा रहेका  छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप