लुम्बिनी च्याम्पियनसिप शुरु, ८ टिम सहभागी

लुम्बिनी च्याम्पियनसिप शुरु, ८ टिम सहभागी


  • 2.3K
    SHARES
    • माघ २९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.5K Views

    लुम्बिनी च्याम्पियनसिप शुरु, ८ टिम सहभागी

    दाङ । दाङमा पछिल्लो समय फुटबल खेलको विकासमा निजी क्षेत्रको पनि चासो बढ्दै गएको छ । राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले व्यक्तिगत लगानीमा खेलकुदका पूर्वाधार निर्माणदेखि प्रतियोगिता सञ्चालन समेत गरिएको छ ।
    फुटबल खेलको विकास र व्यावसायिकणका लागि दाङमा पछिल्लो समय प्रशिक्षण केन्द्र स्थापना, खेल मैदान निर्माण र ठूला प्रतियोगिताहरु हुन थालेका छन् । सोमवार मात्रै जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता लुम्बिनी च्याम्पियनसिप शुरु भएको छ । लुम्बिनी फुटबल एकेडेमी घोराहीले आयोजना गरेको खुला नकआउट फुटबल प्रतियोगिता एकेडेमीको आफ्नै खेलमैदान घोराही १७ गैरागाउँमा सुरु भएको हो । ‘स्वस्थ युवा, अनुशासित नेतृत्व, आत्मविश्वास निर्माण, खेल संस्कार र खेलकुदलाई व्यावसायिक रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताले खेलाडीहरुको हौशला बढाउने एकेडेमीका अध्यक्ष समीर ओलीको भनाई छ ।
    यहि फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । खेल मैदान र प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले सरकार र नीजि क्षेत्रको सहकार्यबाट मात्रै खेलकुदको विकास सम्भव रहेको बताउनुभयो । 
    यस्तै राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले नेपालको फुटबललाई मोफसलका खेलाडीले धान्दै आएको भन्दै उहाँले लुम्बिनी फुटबल एकेडेमीले पनि भोलिका दिनमा राम्रा खेलाडी उत्पादन गर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।
    एकेडेमीले हाल विभिन्न १४ जिल्लाका ३३ जना खेलाडीहरुलाई आवासीय रुपमा विदेशी प्रशिक्षकहरुद्धारा प्रशिक्षण दिइरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # लुम्बिनी च्याम्पियनसिप

  • तेस्रो आँखा
    लेखकबाट थप