यु-१९ महिला राष्ट्रिय क्रिकेट चैत ६ देखि सुरू हुने, तालिकासहित

यु-१९ महिला राष्ट्रिय क्रिकेट चैत ६ देखि सुरू हुने, तालिकासहित


  • 10.4K
    SHARES
    • फाल्गुण ३०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 16.0K Views

    यु-१९ महिला राष्ट्रिय क्रिकेट चैत ६ देखि सुरू हुने, तालिकासहित

    काठमाडौं, ३० फागुन। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ६ चैतबाट हुने सुदूरपश्चिम सिएम कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। 

    images

    प्रतियोगितामा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश १ र मधेस प्रदेश गरी सात टोलीको सहभागिता रहेको छ। 

    समूह ‘ए’ मा सुदुरपश्चिम, बागतमी, कर्णाली र लुम्बिनी तथा समूह ‘बी’ मा प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेश रहेका छन्।

    प्रतियोगिताका सबै खेल कैलालीको फाप्ला क्रिकेट मैदानमा हुनेछ। समूहको शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। फाइनल खेल ११ चैतमा हुनेछ। 

    team.webp


    तेस्रो आँखा