आँखैभरी उन‌को तस्वीर

आँखैभरी उन‌को तस्वीर


  • 3.9K
    SHARES
    • फाल्गुण २, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.9K Views

    आँखैभरी उन‌को तस्वीर

    सपनिमा देखें उनलाई , इशारा ले बोलाई रहें !
    ब्युझिएर उनको याद मा , एकहोरो टोलाई रहें !! 

    images

    आँखैभरी उनको तस्वीर , तिर्सना झन बढ्दै गयो !
    कल्पना को संसारमा , उनिसंगै मन उड्यो !!
    कहिले हांस्ने- कहिले बोल्ने , एकान्तमा घरिघरि !
    उनिसंगै बिताएका , पल याद आउँदा खेरी !! 

    कुन शव्द ले बयान गरौं , कहिं गल्ती हुने होकि ?
    चन्दरुपी मुहार उनको , चौबन्दी मा सजिएकि !!
    आँखा जुध्दा लजाउंदै , मुहार छोपी लजाउँने  !
    मन को चाह बढ्दै गयो , सिउंदो

    IMG-20250212-WA0001.jpeg

    उनको सजाउंने !! 

    मन को कुरा खोलौं भने , रिसाएर जाने हुन कि ?
    न भनेर बसौं भने , अर्कै ले पो लाने हो कि !!
    दोधार मा परें म त , लौन साथी कसो गरौं ?
    उनको सामु मन को , कुरा कसो गरि राखौं !!
                                                     अस्तु :


    तेस्रो आँखा