झापा गोल्डकपको उपाधि चाैथाे पटक आर्मीलाई

झापा गोल्डकपको उपाधि चाैथाे पटक आर्मीलाई


  • 7.4K
    SHARES
    • फाल्गुण ३०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    झापा गोल्डकपको उपाधि चाैथाे पटक आर्मीलाई

    काठमाडौं, ३० फागुन । झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीले जितेको छ । 

    images

    झापाको बिर्तामोडमा सम्पन्न फाइनलमा घरेलु टोली झापा–११ फुटबल क्लबलाई दुई एक को गोल अन्तरले पराजित गर्दै आर्मी लगातार तेस्रो पटक विजेता बनेको हो । आर्मीले जितेकाे याे चौथो उपाधि हाे । 

    आर्मीका लागि टेकबहादुर बुढाथोकीले खेलको १८ औं मिनेटमा गोल्ड गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई दुई शुन्यको अग्रता दिलाए । 

    विमल घर्ती मगरले झापाको लागि खेलको २४ औं मिनेटमा एक गोल गरेपनि टोलीलाई जित भने दिलाउन सकेनन् ।

    फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो । जितसँगै आर्मीले १२ लाख ५५ हजार र उपविजेता झापा  ११ ले ६ लाख पाँच हजार रुपैंया प्राप्त गरेको छ।

    प्रतियोगितामा पाँच गोल गरेका घरेलु टोलीका स्ट्राइकर विमल उच्च गोलकर्ता बने । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

  • सम्बन्धित विषय:

  • # खेलाडी

  • तेस्रो आँखा
    लेखकबाट थप