• ट्रेण्डिङ्ग :
उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा


  • 2.3K
    SHARES
    • फाल्गुण ४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.6K Views

    उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

    काठमाडौँ, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर अस्पतालमा पुगेर जलनबाट घाइते हुनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका नगर प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। 

    images

    प्रधानमन्त्री ओलीसँगै उहाँहरुको स्वास्थ्य अवस्था बुझ्न  प्रथम महिला राधिका शाक्यसमेत कीर्तिपुर अस्पताल पुग्नुभएको थियो। 

    प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले भन्नुभयो, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली र र प्रथम महिला राधिका शाक्यले कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।’’ 

    अहिलेलाई घाउको अवस्था सामान्य भए पनि सङ्क्रमको जोखिम रहेको भन्दै अस्पतालले विज्ञप्तिमार्फत भेटघाट बन्द गरिएको जानकारी गराएको हो। 

    शनिबार पोखरा पर्यटन महोत्सवको उद्घाटनको अवसरमा उडाउने क्रममा बेलुन पड्किँदा उहाँहरु दुवैजना घाइते हुनुभएको हो। उहाँहरुलाई पोखराबाट शनिबार नै उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइएको हो। 


    तेस्रो आँखा