• ट्रेण्डिङ्ग :
दुई हजार तीन सय रुपैयाँले सुनको मूल्य घट्यो

दुई हजार तीन सय रुपैयाँले सुनको मूल्य घट्यो


  • 7.1K
    SHARES
    • चैत्र १, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    दुई हजार तीन सय रुपैयाँले सुनको मूल्य घट्यो

    काठमाडौं, १ चैत। सुनको मूल्य मंगलबार तोलामा दुई हजार तीन सय रुपैयाँले घटेका छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    सोमबार छापावाल सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा किनबेच भएको थियो।

    मंगलबार तेजावी सुनको मूल्य तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ। सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा निर्धारण भएको छ।


    तेस्रो आँखा