लमही, ८ फागुन । धर्म ,धार्मिकता र आध्यात्मिकता विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ॐ शान्ति लमही दाङ्ग कि प्रमुख ईन्दिरा दिदी जि को अध्यक्षता तथा निवर्तमान प्रदेश सभा सदस्य रेवतिरमण शर्मा को प्रमुख आतिथ्यमा ८९ औं शिवशक्ती अवतरणको मुहुर्तमा ॐ शान्ति लमही दाङ्ग देउखुरी शाखाको आयोजनमा भएको थियो ।
अन्तरक्रियामा "स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण" भन्ने मुल नाराका साथ सकारात्मक समाज रुपान्तरणका लागि युवा सचेतना, दुर्व्यसन मुक्त समाज , स्वच्छ वातावरण निर्माण तथा पीडित लाई सहायता लगायतका गतिविधि गर्दै आएको निवृत्त शिक्षक ॐ शान्ति साधक दामोदर पाण्डे ले जानकारी दिनुभयो ।ॐ शान्ति लमही शाखा प्रमुख तथा लुम्बिनी प्रदेश उपाध्यक्ष ईन्दिरा दिदी जि ले आध्यात्मिकता पहिचान ध्यान साधना को व्यावहारिक प्रयोग बाट मात्रै सकारात्मक रुपान्तरणको परिकल्पना गर्न सकिन्छ कलियुगको विषम घडीमा सम्पुर्ण सम्प्रदाय को साझा लक्ष्य हुनुपर्ने विचार राख्नु भयो ।ॐ शान्ति संस्था परिचय गतिविधि शिवशक्ती का विषय मा गढवा शाखा प्रमुख दिदी जि ले प्रोजेक्टर को माध्यम बाट ध्यान भजन स्मृति अभ्यासको प्रस्तुति गर्नुभयो ।
गायत्री परिवार दाङ्ग को तर्फबाट "स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण" मुल नारा लिए जसरी ॐ शान्ति निरन्तर अघि बढ्दै छ त्यसैगरी गायत्री परिवार दाङ्ग सहकार्य गर्न धर्मतन्त्रको माध्यम बाट सकारात्मक रुपान्तरणमा गायत्री महामन्त्र जप,यज्ञ, ध्यान, योगको माध्यम बाट प्राकृतिक जीवनशैली जिउन युवा जागरण ,नारी जागरण ,कुरिती न्यूनीकरण ,लैङ्गिक जातिय वर्गीय विभेद मुक्त समाज ,वातावरण संरक्षण अभियान मा रहेको बताउँदै ८९औं शिव अवतरण विशेष अवसरमा सान्दर्भिक अन्तरक्रिया आयोजन गरिएकोमा साधुवाद तथा शुभकामना व्यक्त गर्नुभयो ।
ॐ शान्ति साधक हरिहर शर्मा ले संस्थागत गतिविधि तथा व्यक्तिगत अनुभुती प्रस्तुत गर्दै पाहुनालाई स्वागत गर्नुभयो ।हिन्दु जागरण नेपाल का शोभाकर सापकोटाले सनातन हिन्दु अभियान आजको आवस्यकता रहेको विचार राख्नुभयो । वैदिक सनातन अभियन्ता ,साइ केन्द्रका कोमानन्द पाण्डे ,गायत्री परिवार कि ईश्वरा पछाई लगायतकाले विचार राख्नुभएको थियो ।आमन्त्रित पाहुनालाई अध्यक्ष ईन्दिरा दिदि जि ले मायाको चिनो प्रदान गर्नु भएको थियो ।कार्यक्रमको सहजीकरण गर्दै आनन्द भाइ जि ले ८९औं शिवशक्ति अवतरण को विशेष अवसरमा सहभागीता जनाउनु भएकोमा आमन्त्रित पाहुनालाई धन्यवाद प्रदान गर्नुभयो ।
