दंगीशरणकाे तेस्रो वडाकप खेलकुदकाे उपाधी ६ नं. वडालाई

दंगीशरणकाे तेस्रो वडाकप खेलकुदकाे उपाधी ६ नं. वडालाई


  • 5.1K
    SHARES
    • फाल्गुण ९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.9K Views

    दंगीशरणकाे तेस्रो वडाकप खेलकुदकाे उपाधी ६ नं. वडालाई

    दंगीशरण, ९ फाल्गुन । दंगीशरण गाउँपालिकाको आयोजनामा आयोजित गाउँपालिका स्तरीय तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता २०८१ को शुक्रबार एक भव्य कार्यक्रमकाविच समापन गरीकोछ । स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल उदेश्यकासाथ बुधबारदेखि शुरुभएको तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिताको शुक्रबार एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले समापन गर्नुभएको हाे ।

    images

    अध्यक्षकप समापन समारोहलाइ सम्बोधन गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफ्नो गाउँपालिकाक सबै उमेर समुह,तथा सवै वर्गलाई सम्बोधन गर्न आफु निर्वाचित भएर आएसङ्गै अध्यक्षकप खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिनुभयाे ।IMG_2839.jpeg

    खेलकुदले खेलाडिको अनुशासन र शृजनशिलतालाई समेत सहयोग गर्ने बताउदै गिरीले खेलकुदको माध्यमबाट कुनैपनि ठाउँलाइ चिनाउन र ब्यक्तित्व विकासका लागि खेलकुद अपरीहार्यहुने अध्यक्ष गिरीको भनाइ थियो ।

    यस्तै समापन समारोहमा बोल्दै अध्यक्षकप खेलकुद समितीका सयोजक एबम वडा नं.६ का वडा अध्यक्ष रोशन जंग शाहले खेलकुदको विकासका लागि एक वडा एक खेलमैदान र एक पालिका एक खेलकुद रङ्गसालाको अवधारणा लागु गर्नुपर्ने बताउनुयाे। यस्तै खेलकुदको विकास र विस्तारका लागि अगाडि बढ्न आफुले कार्यपालिकामा सदैव आवाज उठाने साहको भानाइ थियो ।IMG_2842.jpeg

    शुक्रबार सम्पन्न खेलमा पुरुष भलिबल तर्फ वडा नं. ३ ले वडा नं. ५ लाई २र२ को सेटमा पराजित गर्दै वडा नं. ३ ले तृतिय स्थान हासिल गर्यो । वडा नं. ६ र वडा नं. ७ विच भएको पुरुष भलिबलमा वडा नं. ६ ले वडा नं. ७ लाई सोझो सेटमा पराजितगर्दै वडा नं. ६ ले प्रथम स्थान हासिल गर्यो भने वडा नं. ७ ले उप बिजेतामा चित्त बुझायो ।IMG_2840.jpeg






    तेस्रो आँखा