• ट्रेण्डिङ्ग :
नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा ५७ प्रतिशत भौतिक प्रगति

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा ५७ प्रतिशत भौतिक प्रगति


  • 4.3K
    SHARES
    • फाल्गुण १२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.6K Views

    नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा ५७ प्रतिशत भौतिक प्रगति

    नवलपुर, फागुन १२ । नारायणघाट-बुटवल सडकको पूर्वी खण्डमा ५७ प्रतिशत काम सम्पन्न भएको छ । पूर्वी खण्ड हेर्ने आयोजना निर्देशनालयको कार्यालयका सूचना अधिकारी शिव खनालका अनुसार निर्माण कम्पनी चाईना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिले ५७ प्रतिशत काम सम्पन्न गरेको जाकारी दिनुभयो । 

    images

    खनालका अनुसार यतिबेला पूर्वी खण्डमा ४ सय १७ जना कामदारले दैनिक काम गरिरहेका छ्न् भने पूर्वी खण्डको १६ स्थानमा कालोपत्रको काम भैरहेको छ । 

    ‘गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पुर्‍याउने गरी काम भइरहेको छ,’ खनालले भन्नुभयो, ‘पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १६ ठाउँमा काम भइरहेको छ ।’ पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको भन्दै उहाँले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४१ किलोमिटर एकतर्फी कालोपत्र भएको बताउनुभयो । 

    अब करिब २२ किमी सडक कालोपत्र गरेको अवस्थामा नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने खनालको भनाइ छ। उहाँका अनुसार दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने करिब ५९ किलोमिटर सडक कालोपत्र भएको छ । 

    सरकारले दिएको लक्ष्यअनुसार काम नभए पनि पछिल्लो समय बाटो विस्तारले गति लिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो । पश्चिम नवलपरासीमा पनि सन्तोषजनक काम भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको भनाइ छ । 

    अहिले गैँडाकोट, सिजी, चोरमारा, अरुणखोला, सुनवल, भुमही, बर्दघाट र रूपन्देहीका विभिन्न क्षेत्रमा कालोपत्रेको तयारी भइरहेको ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजन राकेश झाले बताउनुभयो । उहाँले अहिलेकै रफ्तारमा काम हुँदै आगामी जुन भित्र अर्थात वर्षा लाग्नु अघि नै दाउन्ने बाहेक क्षेत्रमा एकतर्फी काम सक्ने दाबी गर्नुभयो । 

    सरकारले दिएको दोस्रो सर्तअनुसार आगामी चैत भित्र दाउन्नेसहित सबै एकसय १४ किलोमिटर बाटो एकतर्फी कालोपत्रै गर्नुपर्ने थियो । 

    यो सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११४ किमी सडकमध्ये ७० किमी ६ लेन, २९ किमी ४ लेनसहित दुवैतर्फ ६÷६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी ३ लेनको सडक हुनेछ । बिचमा ६४ वटा पुल र ४६२ वटा कलभर्टलगायत संरचना निर्माण गर्नुपर्ने छ ।


    तेस्रो आँखा