बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो


  • 12.9K
    SHARES
    • फाल्गुण १४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 19.9K Views

    बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

    नेपालगन्ज, फागुन १४ । नेपालगन्ज उपमहानगरपालिका २ स्थित पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरमा बुधबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। 

    images

    महाशिवरात्रि पर्वका अवसरमा बागेश्वरी मन्दिरमा बुधबार बिहानै भारतका विभिन्न स्थान र नेपालको बाँके तथा बर्दियाबाट दर्शन र पूजाआजा गर्न आएका भक्तजनको भीड लागेको हो।

    बागेश्वरी मन्दिरमा भारतबाट ठुलो संख्यामा महाशिवरात्री र अन्य पर्वहरुमा समेत भक्तजन पूजाआजाका लागि आउने गरेकोले भीड अत्यधिक रहेको बागेश्वरी मन्दिरका मूल महन्त चन्दनाथ योगीले बताउनुभयो। पूजाआजालाई व्यवस्थित बनाउन ठुलो संख्यामा स्वयमसेवकहरु परिचालन गरिएको पनि उहाँले बताउनुभयो।

    बागेश्वरी मन्दिरको प्रांगणमै रहेको बिश्वकै एकमात्र जुंगे महादेवको दर्शन गर्न सबैभन्दा बढी भारतीय र नेपाली श्रद्धालु यहाँ आउने गरेपनि यस वर्ष जुंगे महादेवको मन्दिर मर्मतका लागि हटाईएको मूर्ति अझै पनि स्थापना नगरिएकोले भक्तजनहरु निराश भएको नेपालगन्जका अगुवा कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो।

    उहाँले छिटै सो मूर्ति पुनः स्थापना गरिने तयारी भइरहेको जानकारी पाएको पनि बताउनुभयो। शिवरात्रि पर्वको अवसर पारेर बागेश्वरी मन्दिरमा दिनभरी हजारौंको संख्यामा भक्तजनहरु आउने भएकोले सुरक्षाको बिशेष प्रबन्ध मिलाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्कीले मन्दिरमा भिड धेरै भएकोले शान्ति सुरक्षा कायम गर्न र पाकेटमार लगायतबाट सुरक्षा प्रदान गर्न सादा पोशाका सुरक्षाकर्मीसहित अन्य सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो। 


    तेस्रो आँखा