• ट्रेण्डिङ्ग :
१२ मेगावटको जलविद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडियो

१२ मेगावटको जलविद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडियो


  • 8.0K
    SHARES
    • फाल्गुण १५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 12.3K Views

    १२ मेगावटको जलविद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडियो

    फुङलिङ, फागुन १५ । ताप्लेजुङबाट उत्पादित १२ मेगावट क्षमताको जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सुपर काबेली जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। 

    images

    हिलटन हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनाको काम सम्पन्न भएसँगै सफलतापूर्वक परीक्षण गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका सम्पर्क अधिकृत मेघनाथ ढुंगानाले बताउनुभयो। 

    ओथम्मादेखि पाँचथर, हिलिहाङ गाउँपालिकाको अमरपुरस्थित नेपाल विद्युत् प्राधिकरणको १३२ केभिए क्षमताको सब स्टेसन मार्फत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो। 

    ढुंगानाका अनुसार बिहीबारदेखि विद्युत उत्पादन सुरु गरि राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हो। बाँध, सुरुङ, विद्युत गृह, प्रसारणलाइन, स्विचार्ड लगायतका संरचनाको परीक्षण गरिएको दुई दिन पछि उत्पादन सुरु गरिएको ढुंगानाको भनाइ छ। 

    बिहीबार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली आई आयोजनाको औपचारिक उत्पादन सुरु भएको ढुंगानाले बताउनुभयो।

    सिरिजंघा गाउँपालिकास्थित काबेली खोलाको पानी उपयोग गरी जलविद्युत् आयोजना निर्माण गरिएको छ। आयोजनाको विद्युत गृह सिरिजंघा गाउँपालिका(६ मामाङ्खे र वडा ७ खेबाङको सिमाना ओथम्मामा रहेको छ। 

    आयोजना निर्माणको लागत दुई अर्ब १४ करोड ३८ लाख रुपियाँ रहेको छ। प्रवर्द्धन कम्पनी हिलटन हाइड्रो इनर्जी लिमिटेडसँगै एनएमबि बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैङ्कको लगानी रहेको आयोजनाले जनाएको छ।

    ०८१ चैत १० भित्र निर्माण गरी सक्ने गरी २०८९ पुस २५ गतेदेखि सुरु गरिएको आयोजनाको काम एक महिना अगावै सम्पन्न भएको बताइएको छ।


    तेस्रो आँखा