• ट्रेण्डिङ्ग :
लामो सुख्खा पछि पानी पर्दा स्थानीय खुसि

लामो सुख्खा पछि पानी पर्दा स्थानीय खुसि


  • 12.2K
    SHARES
    • फाल्गुण १६, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 18.8K Views

    लामो सुख्खा पछि पानी पर्दा स्थानीय खुसि

    मुगु, १६ फागुन ।  मुगु लगाएत कर्णाली प्रदेशमा लामो समयपछि पानी पर्दा किसान हिउँदे अन्न बालि राम्रो हुने भन्दै खुसी भएका छन् । लामो समयपछि बिहीवारबाट वर्षा हुँदा किसानहरु निकै  खुसी भएका हुन् ।

    images

    मुगु लगाएत आसपासका जिल्लाहरुमा बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ । यससँगै जिल्लामा  बिद्युत सेवा पनि अवरुद्ध भएको छ । लामो समय पछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा कार्तिके बाली कोदो, मकै छर्नका लागि  खेतबारीमा हलो लगाउन सजिलो हुने छायाँनाथ रारा नगरपालिका वडा नं ५ का किसान दिनेश मल्लले  बताएउनुभयो । 

    मुगु जिल्ला आकासे पानीको सिँचाइले फलफूल खेती र तरकारी उत्पादनमा  निर्भर हुने जिल्ला भएकोले कृषकहरुले स्याउ, ओखर, आरुलगाएतका बिरुवालगाउन निकै समस्या भएको थियो । गए रातिबाट पानी पर्दा अब कृषकहरुलाई फलफुलका बिरुवा लगाउन सहज हुने भएकोले खुसी भएको फलफुल कृषक मणिचन्द भामले बताउनुभयो । 

    कृषक भामका अनुसार पानी परेपछि मुगुका थुप्रै ठाउँमा भइरहेको आगलागी समेत नियन्त्रणमा आउने बताएका छन् । 

    लामो समय देखि  पानी  नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको अब केही सुधार हुदै जाने छ भने बर्खे खेती र फलफुल खेति गर्ने कृषकहरुलाई राम्रो हुने भएको  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ  मुगुका प्रमुख तेज बिक्रम मल्लले बताउनुभयो ।


    तेस्रो आँखा