• ट्रेण्डिङ्ग :
माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य दुई महिनापछि सुरु

माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य दुई महिनापछि सुरु


  • 12.7K
    SHARES
    • फाल्गुण १६, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 19.5K Views

    माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य दुई महिनापछि सुरु

    सुलीकोट, फागुन १६ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ र ५ नम्बरको वडाको सिमानामा रहेको रेसे खोलमा बन्न लागेको १६ मेगावाटको माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य दुई महिनापछि सुरु भएको छ। गाउँपालिकाका कारण रोकिएको कार्य फागुन ६ गतेबाट पुन सुरु भएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो। 

    images

    कम्पनी वाटर डिभलपमेन्ट प्रालिले वातावरणीय प्रभाव मूल्यांकनको मापदण्ड विपरीत जथाभावी उत्खनन् गरेको र सम्बन्धित निकायबाट अनुमति नलिइएको भन्दै पालिकाले आयोजनाको काम बन्द गर्न कम्पनी वाटर डिभलपमेन्ट प्रालिलाई पत्र पठाएको थियो। 

    पालिकाको पत्र प्राप्त हुनसाथ प्रालिले आयोजनाको काम झण्डै २ महिना बन्द गरी कम्पनी सञ्चालक र गाउँपालिका बिच बैठक बसेर विभिन्न विषयमा सहमति गरी आयोजना निर्माणको काम सुचारु गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुनारको भनाइ छ। 

    दुई पक्षको सहमति अनुसार हाइड्रोको काम गर्दा वातावरणीय  प्रभाव प्रतिवेदनमा भएको विषय कार्यान्वयन गर्ने सहमति भएको छ। माछीखोला बजारदेखि रेसेफाँट हुँदै लाप्राक जोड्ने सडक बाटो तटबन्धका कारण बन्द हुने सम्भावन रहेकाले प्रालिले वैकल्पिक बाटो निर्माण तथा स्तरोन्नति गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ। 

    आयोजनको कारण माछीखोला बजार जोखिममा पर्नसक्ने भन्दै त्यस ठाउँलाई पालिकाको समन्वयमा प्रालिले संरक्षण गर्ने सहमति भएको छ। प्रभावित पालिकाबासीलाई आफ्नो सीप क्षमता र योग्यताको आधारमा रोजगारको अवसर प्रदान गरिने बताइएको छ।  


    तेस्रो आँखा