पीएनजीले टस जित्यो, नेपाल बलिङमा

पीएनजीले टस जित्यो, नेपाल बलिङमा


  • 11.2K
    SHARES
    • चैत्र २, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 17.3K Views

    पीएनजीले टस जित्यो, नेपाल बलिङमा

    काठमाडौं, २ चैत। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेको छ । 

    images

    संयुक्त अरब इमिरेट्स ९यूएई०को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्नेछ । पीएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

    नेपाल पीएनजीलाई हराउँदै शृंखलामा सुखद् सुरूवात गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।

    नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ । नेपालले यसअघि पीएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ । 

    शृंखलाअघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो  । तीन खेल जित्दा एकमा हार व्यहोरेको छ । लिग-२ मा नेपालले आठ खेलमा आठ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा  छ ।


    तेस्रो आँखा