पेट्रोलियम पदार्थको मूल्य उच्च दरले बढेर आयाे

पेट्रोलियम पदार्थको मूल्य उच्च दरले बढेर आयाे


  • 9.5K
    SHARES
    • चैत्र २, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    पेट्रोलियम पदार्थको मूल्य उच्च दरले बढेर आयाे

    काठमाडौं, २ चैत। पेट्रोलियम पदार्थको मूल्य उच्च दरले बढेर आएको छ। बुधबार भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ।

    images

    निगमकाअनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ।

    निगमले प्रेस विज्ञप्ति जारी गर्दै बढेर आएकाे मूल्यका कारण निगमलाई पाँच अर्ब ३० करोड घाटा हुने भएकाे छ।  

    चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म निगमले करीब रु.२८ अर्ब नोक्सानी व्यहोरी सकेको निगमको भनाइ छ। निगमकाअनुसार पछिल्लो नयाँ मूल्य प्राप्त भए पश्चात निगमलाई प्रति महिना करीब रु.१० अर्ब भन्दा बढी नोक्सानी हुने देखिएकाे छ। 

    oil.jpg


    तेस्रो आँखा