राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन


  • 6.4K
    SHARES
    • चैत्र २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 9.8K Views

    राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

    काठमाडौं, चैत २४ । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवम् दर्शन गर्नुभएको छ । चैत शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवम् दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले गएराति असन पुगेर सेतो मच्छेन्द्रनाथको पूजा, आराधना एवम् दर्शन गर्नुभएको हो । 

    images

    शनिबारदेखि सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइएको थियो । रासस


    तेस्रो आँखा