काठमाडाैं,४ चैत्र । नेपाल निमार्ण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली २०६४ को ११ औं संशोधनमा सबै व्यवसायिलाई एकरुपता कायम गरिनुपर्ने सरकारसंग माग गरेको छ ।
शुक्रबार महासंघको २३ औं साधारण सभाले पारित गरेको घोषणा पत्र सार्वजनिक कार्यक्रममा निर्माण व्यवसायीहरुलाई एकरुपता हुनेगरी नियमावली संशोधन गर्न माग गरेको हो । महासंघले नियम २६ (२–ख) बमोजिम विशेष अनुभव निर्धारण गर्दा २५ करोड रुपियाँभन्दा बढी भन्ने वाक्यांश थप्नुपर्ने र प्रत्येक साझेदारको सट्टा कुनै एक साझेदारी राख्नुपर्ने, नियम ३१ च (३) को अनुपातिक रुपमा गरिएको व्यवस्था खारेज गरिनुपर्ने बताएको छ ।
त्यस्तै अन्तार्राष्ट्रिय स्तरको बोलपत्रलाई समेत पाँचवटा कार्यमा गणना गर्नुपर्ने लगायतका मागहरु सरकार समक्ष राखेको महासंघले जनाएको छ । नेपाल निर्माण व्यवसायीका नवनियुक्त सभापति रबि सिंहले महासंघले गरेको माग प्रति सरकारले बेवास्ता गरे र माग सम्बोधन नगरिए चरणबद्ध आन्दोलन गर्ने समेत बताए ।
उनले एक सय २६ रुपैयाँमा किनेको एउटा रडको मूल्य बिलमा ९० रुपैयाँ राखेर काम गर्नु परेको भन्दै निर्माण सामग्रमा भएको अत्याधिक मूल्यवृद्धिलाई कम गर्न समेत माग गरेका छन् ।
