काठमाडाैं, ९ मंसिर । पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली चितवन पुग्नु भएकाे छ । शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली बिहीबार चितवन जानु भएकाे हाे ।
उहाँसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन पुग्नु भएकाे हाे । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा जानु भएकाे छ ।
उहाँलाई सौराहामै व्यवस्था गरिएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । ओली सौराहामै बस्ने हुनु भएकाे छ ।
एमालेको १०औँ महाधिवेशन १०–१२मंसिरमा हुनेछ ।







तस्वीर : न्युज कारखाना
