नेपाल टी–२० सिरिजको फाइनलमा

नेपाल टी–२० सिरिजको फाइनलमा


  • 7.4K
    SHARES
    • चैत्र २९, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 11.4K Views

    नेपाल टी–२० सिरिजको फाइनलमा

    काठमाडौँ, चैत ३० । नेपाल हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

    images

    मिसन रोड क्रिकेट मैदानमा शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । 

    हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनस् सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् । यससँगै नेपालले तीनबाट पाँच अङ्क बनायो । समान खेलबाट तीन अङ्क बनाएको  हङकङ तेस्रो स्थानमा रह्यो ।

    फाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । चार अङ्क बनाएको कुवेत तेस्रो भएको हो । नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । 


    तेस्रो आँखा